दाङ - नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले शोक, रोक र भोकमा नेपाली कांग्रेस सधैँ तयार रहेको बताएका छन् । घोराही उपमहानगरपालिका सौंडियारका स्वर्गीय यमबहादुर चौधरीको घरमा शोकसभामा बोल्दै कांग्रेस केन्द्रीय सदस्य गिरीले काँग्रेस सधैं सबैका लागि तयार रहेको बताएका हुन् ।
शोकसभामा बोल्दै गिरीले भने, ‘युवाहरु मात्र होइन, महिला दिदीबहिनीहरुलाई पनि सीप सिकाई स्वरोजगार बन्न र राजनीतिक नेतृत्वमा आउन आग्रह गर्दछु,।’
यसबाहेक उनले आफूलाई विकासप्रेमी नेताका रुपमा प्रस्तुत गर्दै विकास निर्माणमा आफूले यो पार्टी र ऊ पार्टी नभन्ने पनि स्पष्ट पारे । ‘हामी विकास निर्माणको समानुपातिक वितरण होस् भन्नेमा छौँ, त्यसमा पनि पिछडिएका वर्गको उत्थानमा हाम्रो पहिलो प्राथमिकता हुनेछ,’ नेता गिरीले दावी गरे ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।