काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पछिल्लो समय सम्वाद नै हुन छाडेको छ।
हालै काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रचण्डले ओलीको सक्रियतामा नेकपा एमाले निर्वाचन आयोगमा दर्ता भएको र यही कारणले पार्टी संकटमा परेको अभिव्यक्ति दिएपछि ओली दाहालसँग रिसाएका छन् ।
पार्टीको स्थायी कमिटी बैठक गत असार १० गतेबाट सुरु भएको हो । तर, बैठकमा नेताहरुले प्रधानमन्त्री तथा पार्टी अध्यक्षबाट ओलीले राजीनामा दिनुपर्ने माग उठाएपछि स्थायी कमिटी बैठक प्रभावित बन्दै आएको छ ।
स्थायी कमिटीको बैठक भोलिको लागि बोलाईएको छ । तर, अध्यक्षद्धयबीचको सम्वादहिनताले भोलिको बैठक बस्छ या बस्दैन् भन्नेबारे अन्यौल छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।