काठमाडौं- नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी र पूर्व राज्यमन्त्री पुष्करनाथ ओझासहित डडेल्धुरा कांग्रेस जिल्ला कार्यालय सचिव रामबहादुर विष्टलाई पार्टीले कारबाही गरेको छ ।
उनीहरुलाई गत निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार विरुद्ध हराउन सक्रिय भएर लागेको आरोपमा पार्टीले अनुशासन कारबाही गरेको हो ।
केन्द्रीय अनुशासन समितिका संयोजक भीष्मराज आङदम्बेम्बेको अध्यक्षतामा बसेको अनुशासन समितिले पार्टी विधानको दफा ३४ को व्यवस्था अनुसार जोशी र ओझालाई पाँच वर्षका लागि र विष्टलाई तीन वर्षका लागि पार्टीबाट निश्कासन गरेको हो ।
पार्टीले गतवर्षको चैतमा गठन गरेको पाँच सदस्यीय अनुशासन समितिले सर्वसम्मतमा मात्रै अनुशासन कारबाहीको निर्णय गर्ने भनि भएको दुई पक्षबीचको सहमति बमोजिम यी तीन नेता, कार्यकर्तामाथि सर्वसम्मत अनुशासनको कारबाही गरेको हो। पूर्व सहमहामन्त्री जोशीले गत आमनिर्वाचनमा पार्टी नेता रामचन्द्र पौडेलको निर्वाचन क्षेत्र नम्बर १ मा विरोध गर्दै उम्मेदवारी दिएका थिए।
त्यस्तै कैलालीका नेता पुष्करनाथ ओझाले सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाविरुद्ध कैलाली क्षेत्र नम्बर ५ मा अन्तरघात गरी चुनाव हराएको आरोपमा अनुशासनको कारबाही भएको हो।
यस्ताे छ विज्ञप्ती:

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।