कोरोना भाइरसको महामारीका कारण विश्वभर एकै दिन संक्रमित हुने र मृत्यु हुनेको संख्या बढेको छ । यसो हुनुको मुख्य कारण लकडाउन खुकुलो हुनु हुनसक्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
विश्वभर लकडाउन खुकुलो हुँदै जाँदा पछिल्लो समय संक्रमण बढ्दै गएको विश्व स्वास्थ्य संगठनले बताएको हो ।
पछिल्लो २४ घण्टामा २ लाख ८४ हजार एक सय ९६ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् । त्यस्तै ९ हजार ७ सय ५३ व्यक्तिको मृत्यु भएको छ । ३० अप्रिलपछि यो दैनिक मृत्यु हुने सबैभन्दा ठूलो संख्या हो।
त्यस्तै नयाँ घटनाहरूको संख्याले विश्व स्वास्थ्य संगठनको जुलाई रेकर्डलाई तोडेको छ । उक्त तथ्यांक २ लाख ५९ हजार ८ सय ४८ रहेको छ ।एजेन्सी ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।