सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

सुनिल थापा सहित ३१ नेताले एकसाथ छोडे राप्रपा, कांग्रेस प्रवेशको तयारी

सुनिल थापा सहित ३१ नेताले एकसाथ छोडे राप्रपा, कांग्रेस प्रवेशको तयारी

  • मिडिया डबली
  • शनिवार, श्रावण १० २०७७

  • 12.0K
    SHARES

  • सुनिल थापा सहित ३१ नेताले एकसाथ छोडे राप्रपा, कांग्रेस प्रवेशको तयारी
    फाइल तस्वीर

    काठमाडौं-  राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वमहामन्त्री सुनिल थापा सहित ३१ जनाले राजिनामा दिएका छन्। उनीहरुले शनिवार पार्टीबाट अलग भएको घोषणा गरेका हुन्।

    उनीहरुले कांग्रेस प्रवेशका लागि पार्टी परित्याग गरेको स्रोतको दाबी छ। कांग्रेसले थापालाई पार्टीको सहमहामन्त्री बनाउने तयारी गरेको बुझिएको छ।

    थापा सहितका ३१ नेताले राप्रपाका अध्यक्षत्र कमल थापा, पशुपति समशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीलाई स्म्बोधन गर्दै उनीहरुले राजिनामा पत्र बुझाएका छन्। थापा लामो समय देखि कांग्रेसमा प्रवेश गर्ने चर्चा चल्दै आएको थियो।

    थापासँगै केन्द्रीय सदयहरू विष्णुविक्रम थापा, बाबुराम बस्नेत, बृजलाल यादव, पदमबहादुर बस्नेत, किरण गिरी, दिलीप राई, आशाराम चौधरी, चन्द्रकुमार घुण्डे गुरुङ, राज्यलक्ष्मी श्रेष्ठ, चतुरमान विश्वकर्मा, राम पदारथ साहले पार्टीबाट राजीनामा दिएका छन् ।

    यसैगरी पार्टी छाड्नेहरूमा वीरेन्द्रलाल कर्ण, नारायण राउत, इन्द्रबहादुर तामाङ, राजकुमार भट्टराई, डम्बरबहादुर राई, माधव पौडेल, अर्जुनविक्रम थापा, हरेन्द्रप्रसाद यादव, रूपनारायण यादव, भिखारीलाल यादव,महेन्द्र बस्नेत, गोपी ठकुरी, डोलनाथ आचार्य, दबिबल तामाङ, मदन घिमिरे र ध्रुव थापा रहेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण १० २०७७०८:१३:४०

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend