काठमाडौं - जनता समाजवादी पार्टी, नेपालका नेता तथा सांसद लक्ष्मणलाल कर्णले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याइने चेतावनी दिएका छन् । शनिबार आयोजित एक कार्यक्रममा बोल्दै नेता कर्णले ओली सरकारको विकल्प खोजिने बताएका हुन् ।
कार्यक्रममा बोल्दै नेता कर्णले भने ‘अहिले सत्तारूढ दलभित्रैबाट अविश्वासको प्रस्ताव ल्याउने कुरा आईराखेको छ । यो सरकारको विकल्प खोज्नुपर्छ । लोककल्याणकारी सरकारको नितान्त आवश्यक भैसकेको छ । यसको लागि हामीले सोच बनाइसकेका छौं ।’ नेता कर्णले थपे ,‘यो सरकार कतैपनि देखिएन् । प्रत्येक वर्ष बाढि-पहिरोको समस्या आउँछ । तर, यो सरकार के हेरेर बसेको छ ? यो सरकार पाँच वर्ष नै चलोस भन्ने हाम्रो कल्पना हो । तर, यो सरकारको कुनै काम छैन् । यसले काम गर्न सकेन् ।’
त्यस्तै प्रधानन्यायाधीश र न्यायाधीशविरुद्ध महाअभियोग लगाउनुपर्छ भन्ने कुराको विरोध गरेका छन् । ‘म महाअभियोग लगाउनुपर्छ भन्ने पक्षमा छैन् । कोर्टको निश्पक्षतालाई सबैले मान्नुपर्छ । न्यायमूर्तिहरुलाई विवेक प्रयोग गर्ने कानूनी अधिकार छ । यस सम्बन्धमा पूनरोवलकन गर्ने भनेर निवेदन दर्ता भएको कुरा आएको छ ।’
सर्वोच्च अदालतले रञ्जन कोइरालाबारे गरेको फैसलाको सम्बन्धमा केही नेताहरुले महाअभियोगको माग गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।