आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

प्रधानन्यायाधीसकाे राजीनामा माग, सर्वाेच्चमा हलचल

प्रधानन्यायाधीसकाे राजीनामा माग, सर्वाेच्चमा हलचल

  • मिडिया डबली
  • शनिवार, श्रावण १० २०७७

  • 15.5K
    SHARES

  • प्रधानन्यायाधीसकाे राजीनामा माग, सर्वाेच्चमा हलचल

    काठमाडौं - साझा पार्टीका संयोजक रविन्द्र मिश्रले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई राजीनामा दिन आग्रह गरेका छन्। जबराको फैसलालाई सबैले त्रुटिपूर्ण भनेपछि संसदले नै महाअभियोग लगाउनुअघि सम्मानका लागि राजीनामा दिन उनले आग्रह गरेका हुन् ।

    बखुण्डोलस्थित पार्टी कार्यालयबाट सुरु भएको ‘न्यायका लागि साझा तराजु यात्रा’का क्रममा माइतीघर मण्डलामा बोल्दै उनले भने, ‘तपाई असाध्यै विवादित हुनुभयो, तपाईले गरेका निर्णय शंकाको घेरामा छ । तपाईले गरेको निर्णयलाई जनताले स्वीकार गर्न सकेका पनि छैन, संसद आएर महाअभियोगबारे चर्चा गर्नु अघि तपाईले राजीनामा दिनुभयो भने यसले सर्वोच्च अदालत र जनताको विश्वास फेरि पुनस्र्थापित गर्न सहायक सिद्ध हुन्छ ।’

    साझा पार्टीका संयोजक मिश्रले सुशीला कार्कीमाथि महाअभियोग लगाउनेहरुले भ्रष्ट प्रधानन्यायाधीश र न्यायाधीशहरुलाई महाअभियोग लगाउँछन् भन्ने विश्वास गर्न नसकिने बताएका छन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण १० २०७७०५:५६:२०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend