काठमाडौँ- निर्देशक तथा कोरियोग्राफर मौसम हिमालीको निर्देशनमा 'तर्किने माया...' बजारमा सार्बजनिक भहेको छ ।
हिमाली पछिल्लो समयका ब्यापक रुचाइएका निर्देशक हुन् । दर्जनौं भिडियोहरु बजारमा ल्याइसकेका हिमालीले भर्खरै मात्र 'तर्किने माया...' सार्बजनिक गरेका हुन् ।हिमालीले गीतका भावअनुसार आफूले निर्देशन गरेको बताए ।
‘गीतको शब्द, संगीतलाई सकेसम्म म्युजिक भिडियोमा जस्ताको त्यस्तै उतार्ने प्रयास गरेको छु’, उनले भने, ‘यो गीत दीर्घकालसम्म सुन्न र हेर्नका लागि मैले उत्तम ठानेको छु ।’ उनले सबै टिमलाई धन्यावाद समेत दिएका छन् ।
गायक शंकर पन्त र गायिका देबी घर्तिको आबाजमा आएको उक्त गीतको लय, शब्द पशुपति शर्माले गरेका छन् ।
केशब बडूको संगीत संयोजन रहेको उक्त गीतले छोटो समयमा नै सबैको रुचाइमा पर्न सफल भएको छ ।
भिडियोमा मोडल रमेश थापा र आकृति पाठकको दमदार अभिनय देख्न सकिन्छ । करण चैसिरको छायांकनमा तयार गरिएको भिडियोको सम्पादन मनोज कार्कीले गरेका हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।