आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

नेपाली कांग्रेस सरकारमा नजाने खुलासा, देउवा सक्रिय नहुनुको यस्तो भित्रि रहस्य

नेपाली कांग्रेस सरकारमा नजाने खुलासा, देउवा सक्रिय नहुनुको यस्तो भित्रि रहस्य

  • मिडिया डबली
  • शुक्रवार, चैत्र ६ २०७७

  • 16.8K
    SHARES

  • नेपाली कांग्रेस सरकारमा नजाने खुलासा, देउवा सक्रिय नहुनुको यस्तो भित्रि रहस्य

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई सरकारको नेतृत्व गर्ने मौका आएका बेला अनेक सम्झौता गरेर हातखुट्टा बाँधेर सरकारमा नजाने खुलासा भएको छ ।

    नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवापक्षीय नेता तथा सहमहामन्त्री प्रकाशशरण महतले कुनै सम्झौता गरेर कांग्रेस सरकारमा नजाने बताएका हुन् ।

    शुक्रवार सप्तरी जिल्ला सदरमुकाम राजविराजमा आयोजित कार्यक्रममा महतले ओली सरकारको विकल्प खोज्नुपर्ने भए पनि कांग्रेस एक्लैले केही गर्न नसक्ने समेत बताएका छन् ।

    उनले भने, ‘नेपाली कांग्रेसका ६१ जना सांसद मात्रै छन् । यसमा मधेशवादी दल र माओवादीको पनि सहकार्य हुनुपर्छ तर हरेक सम्झौता कांग्रेसले नै गर्नुपर्छ भने कांग्रेस सरकारमा जाँदैन ।’

    जनता समाजवादी पार्टी (जसपा) ले रेशम चौधरीलाई रिहा गर्नुपर्ने, मुद्दा फिर्ता लिनुपर्ने शर्त राखेको छ । तर अदालतबाटै दोषी ठहर भएका चौधरीलाई रिहा गर्न कानूनी कठिनाइ हुने जानकारहरू बताउँछन् । चौधरीलाई रिहा गर्न कांग्रेस नेतृत्व सहमत नभएको अवस्थामा जसपाले कांग्रेसलाई समर्थन गर्ने अवस्था छैन । कांग्रेस पार्टीले कानून विपरीतका सम्झौता नगर्ने र शर्त नमान्ने देखिएको छ । त्यसैले कांग्रेस सरकारमा नजाने निष्कर्षमा पुगेको छ ।

    आफ्नो हात खुटा बाँधेर, चल्नै नसक्ने बनेर सरकारको नेतृत्व लिन नसकिने महतले बताएका छन् । ‘यस्तो सरकार अप्ठ्यारोमा पर्छ,’ डा. महतले भने ।

    सहज रूपमा कांग्रेसको नेतृत्वमा सरकार बन्नु आवश्यक रहेको बताउँदै महतले वैकल्पिक सरकार निर्माण गरौं भनेर माओवादी र मधेश केन्द्रित दल आउँछन् भने नेतृत्व लिन कांग्रेस तयार भएको बताएका छन् । तर जसपाले चौधरीलाई रिहा गर्ने शर्तमा मात्रै सरकारलाई समर्थन गर्ने स्पष्ट पारिसकेको छ ।

    ‘अहिले हाम्रो पार्टीका सभापति शेरबहादुर देउवाजी सरकारमा जाने विषयमा मौन हुनुहुन्छ भन्ने चर्चा छ,’ सहमहामन्त्री महतले भने, ‘यही कारण उहाँ अगाडि बढिरहनुभएको छैन ।’ नेता महतले सभापति देउवाले धेरै सोच विचार गरेर कदम चालिरहेको समेत बताएका छन् ।

    नेपाली कांग्रेसले आउने निर्वाचनमा बहुमत ल्याउने गरी अघि बढेको समेत उनले दाबी गरे । ‘नेपाली कांग्रेसले नै सरकार बनाए पनि वा कम्युनिस्टकै सरकार रहिरहे पनि चाँडै चुनाव हुन्छ,’ महतले भने, ‘अर्काे चुनावमा हाम्रो जित्ने र बहुमत ल्याउने मूल लक्ष्य रहेको छ ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend