विराटनगर - कोशी अस्पतालले भर्ना नलिँदा उदयपुरका एक युवकको एम्बुलेन्समै मृत्यु भएको छ । शुक्रबार दिउँसो नोबल अस्पताल र कोशी अस्पतालले उपचार गर्न नमान्दा उदयपुरका २३ वर्षका पदम राईको एम्बुलेन्समै मृत्यु भएको हो ।
दिउँसो साढे २ बजे एम्बुलेन्समा कोशी अस्पताल ल्याइएका युवकलाई चिकित्सकले उपचार गर्न नमान्दा साढे ३ बजेतिर एम्बुलेन्समै मृत्यु भएको आफन्त र एम्बुलेन्स चालकले बताएका छन् ।
त्यसअघि शुक्रबार नै नोबल मेडिकल कलेजले उपचार गर्न नमानेपछि उनलाई कोशी अस्पताल ल्याइएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।