आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

इन्डो-प्यासिफिकमा भारत अमेरिकाको रक्षा, सुरक्षा साझेदारको रुपमा उदय हुँदै : पोम्पिओ

इन्डो-प्यासिफिकमा भारत अमेरिकाको रक्षा, सुरक्षा साझेदारको रुपमा उदय हुँदै : पोम्पिओ

  • मिडिया डबली
  • शुक्रवार, श्रावण ९ २०७७

  • 5.8K
    SHARES

  • इन्डो-प्यासिफिकमा भारत अमेरिकाको रक्षा, सुरक्षा साझेदारको रुपमा उदय हुँदै : पोम्पिओ

    काठमाडौँ- अमेरिकी विदेश मन्त्री माइक पोम्पिओले भारत इन्डो-प्यासिफिक क्षेत्रमा अमेरिकाको रक्षा-सुरक्षा साझेदारको रुपमा उदाइरहेको बताएका छन् ।

    अमेरिकी विदेशमन्त्री पोम्पिओले बुधबार भारतलाई दूरसंचार र स्वास्थ्य सेवाजस्ता क्षेत्रमा चीनबाट टाढा रहेर आपूर्ती आकर्षण गर्ने अवसरसमेत भएको बताएका हुन् ।

    उनले आगामी जी७ समिटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई समेत आमन्त्रण गरिने बताउँदै भने, "हामीले उक्त जी७ राष्ट्रहरुको शीखर सम्मेलनमा अन्तर्राष्ट्रिय समृद्धिको नेटवर्कलाई विस्तार गर्ने विषयमा गम्भीर छलफल गर्नेछौं । "

    संकटको समयमा नेतृत्व :

    अमेरिका-भारत सककार्यको दृष्टिकोण सेसनमा बोल्दै अमेरिकी विदेशमन्त्री पोम्पिओले दुई ठूला प्रजातान्त्रिक मुलुकले मिलेर काम गर्नु निकै महत्वपूर्ण भएको बताएका हन् ।

    "हामी विश्वमै पुरानो र समृद्धि प्रजातान्त्रिक मुलुक हौं । त्यसकारण दुई ठूला र पुराना प्रजातान्त्रिक मुलुकहरुले एकसाथ मिलेर काम गर्न निकै महत्वपूर्ण छ ।

    भारत अमेरिकाको रक्षा र सुरक्षा साझेदारको रुपमा उदाइरहेको छ ," उनले भने । उनले भारतले विश्वमै धेरै राष्ट्रहरुको विश्वास आर्जन गरेको बताए ।

    विदेशमन्त्री पोम्पिओले भारतले व्यापार र लगानी प्रबर्द्धनको लागि वातावरण बनाउन आवश्यक भएको बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आषाढ १८ २०८०११:२०:००
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend