काठमाडौं- अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध निर्माता, निर्देशक एवं सदाबहार अभिनेता भुवन केसीले क्षतिपूर्तिको माग गर्दै मुद्दा दायर गरेका छन् । अभिनेता केसीको निवेदनमा आफूलाई अभिनेत्री शाहले बेइज्जत गरेको उल्लेख गर्दै शुक्रबार १० करोड रुपैयाँ क्षतिपूर्ति माग सहित काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन् ।
जानकारी अनुसार विभिन्न पत्रपत्रिका, अनलाइन र युट्यूवमा अभिनेत्री शाहले आफूलाई यौन दूव्र्यवहारको मिथ्या आरोप लगाएर बेइज्जत गरेको भन्दै अभिनेता केसीले मुद्दा दर्ता गरेका हुन् ।
विगत केही समय अघिदेखि अभिनेत्री शाहले ‘ड्रिम्स’ फिल्ममा काम गर्ने क्रममा आफू दुव्र्यवहारको शिकार हुनुपरेको बताएकी थिइन् । हालसम्म ८ वटा फिल्ममा काम गरेकीमध्ये तीन वटा फिल्ममा नराम्रो अनुभव भोग्नुपरेको अभिनेत्री शाहले बताएकी थिइन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।