आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

मध्यरातमा युवती माथि एसिड छ्याप्ने २ जना पक्राउ, युवतीले अर्कै केटा मन पराउँदा एसिड छ्यापेको बयान  

मध्यरातमा युवती माथि एसिड छ्याप्ने २ जना पक्राउ, युवतीले अर्कै केटा मन पराउँदा एसिड छ्यापेको बयान  

  • मिडिया डबली
  • शुक्रवार, श्रावण ९ २०७७

  • 4.6K
    SHARES

  • मध्यरातमा युवती माथि एसिड छ्याप्ने २ जना पक्राउ, युवतीले अर्कै केटा मन पराउँदा एसिड छ्यापेको बयान  

    काठमाडौं–नागार्जुन नगरपालिका–४, सिर्जनशील टोलमा युवतीलाई तेजाब छ्याप्ने दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

    ओखलढुंगाकी २२ वर्षीया पवित्रा कार्कीलाई बिहीबार राति तेजाब (एसिड) छ्यापेर भागेका रौतहट लक्ष्मीपुरका मोहमद आलम र भारतका मुन्ना महमदलाई घटनाको २ घण्टामै प्रहरीले पक्राउ गरेको हो।

    उनीहरू हाल डल्लु बस्ने र कालिगढको काम गर्ने गरेको प्रहरीले जनाएको छ।  युवतीलाई मुन्नाले मन पराएको तर युवतीले अर्कैलाई मन पराएको रिसमा एसिड छ्यापेको उनीहरूले प्रहरीसमक्ष बयान दिएका छन्।

    बिहीबार राति पौने ९ बजेतिर युवतीलाई तेजाब छ्यापेर उनीहरूले कोठातर्फ भागेका थिए। तेजाब मुन्नाले छ्यापेका थिए। मोहमदले मुन्नालाई युवतीको घरनजिकै लगेर छाडेको र एसिड छ्यापेपछि दुवै जना मोटरसाइकलमा भागेका थिए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, श्रावण ९ २०७७०८:५६:४६

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend