वीरगञ्ज- वीरगञ्ज महानगरपालिकामा समुदायसम्म कोरोना भाइरस संक्रमण फैलिएको छ । बिहीबार विहान पनि वीरगञ्जमा २ जना स्वास्थ्यकर्मीसहित १७ जनामा कोरोना संक्रमण पुष्टिसँगै प्रशासनले यसतर्फ चाँसो दिएको छ ।
वीरगञ्जमा पछिल्लो समय कोरोना संक्रमण परीक्षणको दायरा खुम्चिएसँगै कोरोना संक्रमण पुष्टि हुनेहरुको संख्यामा कमि आएको थियो तर पैसा तिरेर कोरोना संक्रमण चेकजाँच गराएकाहरुमा पनि संक्रमण पुष्टि भएपछि यसलाई नियन्त्रण गर्नेतर्फ सम्बन्धित निकाय महानगरपालिका तथा जिल्ला प्रशासन कार्यालयको ध्यान केन्द्रित भएको हो ।
बिहीबार जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको आकस्मिक बैठकको लामो छलफल पश्चात कोरोना संक्रमण नियन्त्रणलाई न्यूनीकरण गर्न के कस्ता उपायहरु आपनाउनुपर्ने भन्नेबारे ठोस निर्णय हुन सकेन ।
शुक्रबार विहान पुनः जिल्ला प्रशासन कार्यालयमा राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, उद्योग वाणिज्य संघ, जिल्ला प्रहरी कार्यालय, वीरगञ्ज महानगरपालिका लगायतका सरोकारवालाहरुको वृहत्त बैठकबाट लकडाउन गर्ने कि निषेधाज्ञा गर्ने ? कि नगर्ने भन्नेबारे ठोस निर्णय हुने पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिए ।
उनले निषेधाज्ञा जारी गर्ने र परीक्षण तीव्र बनाउने विषयमा बिहीबारको बैठक निष्कर्षविहीन टुँगेकोले शुक्रबारको बैठकबाट निर्णय हुने बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।