आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

एम्बुलेन्समा राखियो जीपीएस सिस्टम , अब सबै सुचना मोबाइलमा

एम्बुलेन्समा राखियो जीपीएस सिस्टम , अब सबै सुचना मोबाइलमा

  • मिडिया डबली
  • बिहिवार, श्रावण ८ २०७७

  • 3.9K
    SHARES

  • एम्बुलेन्समा राखियो जीपीएस सिस्टम , अब सबै सुचना मोबाइलमा

    बुटवल - प्रदेश ५ का एम्बुलेन्समा जीपीएस ट्रयाकिङ सिस्टम जडान कार्य सुरु गरिएको छ । सामाजिक विकास मन्त्रालयले एम्वुलेन्स सेवालाई सेवाग्राहीमैत्री र सूचना प्रविधिमैत्री बनाउन पहिलो चरणमा प्रदेशका ६० वटा एम्बुलेन्सहरुमा जीपीएस ट्रयाकिङ सिस्टम जडान गरेको हो ।

    यो सुविधाले अब सेवाग्राहीलाई आवश्यक परेका बेला तत्काल र सहजरुपमा एम्बुलेन्स उपलब्ध हुनेछ । जीपीएस ट्रयाकिङ सिस्टम जडान भएका एम्बुलेन्सहरु कुन समयमा कुन ठाउँमा छन् भन्ने एन्ड्रोइड मोबाइलबाट थाहा पाउन सकिन्छ ।

    यसो हुँदा बिरामीले नजिकको एम्बुलेन्सलाई खबर गरेर तुरुन्तै सुविधा पाउन सक्छ । बिहीबार सेवाको औपचारिक शुभारम्भ गर्दै सामाजिक विकास मन्त्री सुदर्शन बरालले प्रदेशका ३५० बढी एम्बुलेन्सहरुमा जीपीएस ट्रयाकिङ सिस्टम जडान गरिने बताए । सेवालाई प्रभावकारी बनाउन स्वास्थ्य निर्देशनालयले हटलाइन टेलिफोन नम्बर र तीनजना कर्मचारी व्यवस्थापन गरी तीन सिफ्टमा चौबिसै घण्टा खटाउन सुरु गरेको मन्त्री बरालले बताए ।

    एम्बुलेन्सहरुमा जीपीएस जडानका लागि ३० लाख रुपैयाँ बजेट विनियोजन गरिएको मन्त्री बरालले बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, श्रावण ८ २०७७०८:१९:३५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend