आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

महामारीमाकाबीच भारत बन्यो लगानी गन्तव्य, विश्‍वकै यी उत्कृष्ट कम्पनीको लगानी

महामारीमाकाबीच भारत बन्यो लगानी गन्तव्य, विश्‍वकै यी उत्कृष्ट कम्पनीको लगानी

  • मिडिया डबली
  • बिहिवार, श्रावण ८ २०७७

  • 5.8K
    SHARES

  • महामारीमाकाबीच भारत बन्यो लगानी गन्तव्य, विश्‍वकै यी उत्कृष्ट कम्पनीको लगानी

    नयाँ दिल्ली - नोभेल कोरोना भाइरसको महामारीका बीच विश्‍वका विभिन्‍न मुलुकको अर्थतन्त्र तहसनहस हुने अवस्थामा पुगिरहेका बेला भारत भने उत्कृष्ट लगानी गन्तव्य सावित भएको छ ।

    महामारीबै बीच विश्वकै उत्कृष्ट सर्च इन्जिन गुगलले भारतमा १० अर्ब अमेरिकी डलर सहयोगको प्रतिबद्धता व्यक्त गरेको छ ।

    गुगलका सीईओको सुन्दर पिचाईंले कोरोना महामारीकैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको संवादका क्रममा उनले भारतमा आगामी पाँच-सात वर्षमा १० अर्ब अमेरिकी डलर लगानी गर्ने बताएका हुन् ।

    वालमार्टले एक अर्ब २० करोड अमेरिकी डलर लगानी गर्ने जनाएको छ भने फोक्सकोनले एक अर्ब अमेरिकी डलर, विश्वको सबैभन्दा ठूलो सामाजिक सञ्‍जाल फेसबुकले ५ अर्ब ७० करोड अमेरिकी डलर क्वालकोम भेन्चर ९ करोड ७० अमेरिकी डलरको लगानी प्रतिबद्धता व्यक्त गरेको छ ।

    त्यसैगरी विश्वको उत्कृष्ट कम्पनी थोम्सनले १४ करोड २८ लाख अमेरिकी डलर, वि वर्क ग्लोबलले १० करोड अमेरिकी डलर, हिटाचीले एक करोड ५९ लाख अमेरिकी डलर, किया मोटर्सले ५ करोड ४० लाख अमेरिकी डलर र साउदी अरबको पीआईएफले एक अर्ब ६० करोड अमेरिकी डलर लगानी गर्ने घोषणा गरेका छन् ।

    ह्युन्डाइ मोबिज्, अमेजनको विश्वासिलो साझेदार एसजीएस, क्लाउड सफ्टवेयर एक्सट्रीया, अस्ट्रेलियाको एप सोलुसन एफ५लगायतले पनि भारतीय बजारमा लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    कोरोना महामारीबीच पनि विश्वका उत्कृष्ट कम्पनीहरुको लगानी हब बनिरहेको अवस्थामा नेपालले भारतसँगको सम्बन्धलाई सुधार गर्दै लैजानुपर्ने हुन्छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, श्रावण ८ २०७७०२:१७:५८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend