काठमाडौं - प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले नेकपाभित्रको विवाद मिलाएँ भनेर जस लिने होडबाजी गरेपछि नेकपाभित्र उनको बारेमा चर्चा शुरु भएको छ ।
सामाजिक सञ्जालमा पोखरेलले सबै विवाद मैले नै मिलाएको भन्ने जसरी स्टासहरू लेख्ने गरेका छन् । मुख्यमन्त्री पोखरेलले कुनै समस्या भएपछि विवाद समाधान गर्नुपर्ने बताउने गरेका छन् ।
यस पटक ओलीले नै टसकोमस नगरेपछि विवाद बाहिरसम्म आएको थियो । नेकपामा विवाद बाहिर आएपनि कुरा मिलेन ।
बरु ओलीले स्थायी समितिलाई पेलेरै अगाडि बढेका छन् । ओलीको मनसाय बुझेपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड अहिले वरिष्ठ नेता माधवकुमार नेपालसँग भन्दा पनि ओलीसँग निकट भएका हुन् ।
उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेल जस्तो व्यक्तिहरूका कारण ओली बद्नाम हुँदै आएको नेपाल पक्षको बुझाई छ । ओलीको विश्वास गर्ने कार्यले पोखरेल धेरै हौसिएका हुन सक्छन् ।
तर, नेकपाभित्र ओलीले ईश्वर पोखरेल, विष्णु पौडेललाई नि उत्तिकै माया गर्छन् । शंकर पोखरेले भन्दा पनि ईश्वर, विष्णुहरूले कुरा मिलाएको चर्चा छ ।
प्रचण्डसहितका नेताहरू पार्टी विभाजन गर्नेभन्दा पनि मिलेर जाँदा नै फाइदा देखेपछि नेपाल समूहलाई छाडेर ओली निकट हुन पुगेका हुन् ।
ओलीले पार्टी फुटाउने हल्ला बाहिर ब्यापक छ । तर, ओली ती हल्लाको पछाडि नलाग्न अपील गरिरहेका छन् । युनाइटेड पोस्ट
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।