पर्वत- नोपलमा एसियाकै ठूलो ढुंगा रहेको दाबी छ । पर्वतको महाशिला गाउँपालिका ५ लुँखुदेउरालीमा रहेको महाशिला एसियाकै ठूूलो मानिन्छ ।
सो महाशिला परिसरमा १ सय ८ धारा निर्माण गरिएको छ। नेपाल सरकारले घोषणा गरेको सय पर्यटकीय गन्तव्यमा समेत रहेको महाशिला क्षेत्रलाई धार्मिक पर्यटनको हिसाबले विकास गर्ने उद्देश्यले १ सय ८ जलधारा निर्माण गरिएको हो ।
महाशिलाको पौराणिक कथन शिव पुराणमा भगवान् शिवले युद्ध गर्दा नन्दीको रूप धारण गरी लड्दा नन्दीको एउटा सिङ भाँचिएको र त्यही सिङ नै शिला बनेर प्रतीकको रूपमा रहेको भन्ने उल्लेख रहेको केहि पुजारी बताउँ छन् ।
पर्वतकै पाङमा जन्मिएकी पार्वतीले भगवान् शिवलाई पतिको रूपमा पाउँ भनी गरेको ब्रत र तपस्यापछि भगवान् शिव अहिलेको शिला रहेकै ठाउँमा उत्पत्ति भएर पार्वतीलाई दर्शन दिएको भन्ने किंवदन्ती पनि महाशिला क्षेत्रमा सुन्न पाइन्छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।