काठमाडौं- कोरोना भाइरसको विश्वव्यापी माहामारीकाबीच शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय पुनः सञ्चालन कार्य ढाँचा बारेमा छलफल गरेको छ । मन्त्रालयले शिक्षक महासंघ, प्याब्सन, एनप्याब्सन, अभिभावक महासंघ , इस्टु लगायतका संस्थालाई बोलाएर छलफल गरेको हो ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलको उपस्थितिमा मन्त्रालयमा छलफल भएको थियो ।
छलफलमा अभिभावक महासंघले सक्नेवाट लिन मिल्ने शुल्क लिने वातावरण मिलाइदिने प्रतिबद्धता व्यक्त गरेको बताइएको छ ।
त्यस्तै मन्त्री पोखरेलले कोभिड १९ कसैको पनि कल्पनाको विषय नभएको तर यही समस्यासंग सबै जुझिरहेको धारणा राखे। उनले कोरोनाविरुद्धको लडाइँ जित्नै पर्ने र यसका लागि सबैको सामूहिक पहल जरुरी भएको बताए ।
छलफल पछि विद्यालय पुनः सञ्चालन कार्यविधि सबैले दिएको सुझावलाई समेटेर मन्त्रालयले छिटै सार्वजनिक गर्ने तयारी गर्ने बताएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।