काठमाडौं - प्रहरीले अपहरणको नाटक गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ। असार २४ गते अपहरणमा परेँ भनेका काठमाडौंको चुनदेवीका ३० वर्षीय शक्तिराज रेग्मी होटलमा युवतीसँग फेला परेका हुन्।
रेग्मी असार २४ गतेदेखि हराएकोमा अपहरण परेको हुन सक्ने भन्ने व्यहोराको निवेदन प्रहरीमा साउन २ गते महानगरीय अपराध महाशाखा नयाँ बानेश्वरमा निवेदन परेको थियो । प्रहरीद्वारा खोजतलास गर्ने क्रममा रेग्मीलाई साउन ६ गते राति गेष्ट हाउसबाट महिलासहित फेला परेको विज्ञप्तिमा उल्लेख छ ।
२४ गते घरबाट निस्किएका रेग्मी सम्पर्कबिहीन भएका थिए। उनलाई महाराजगन्ज बृत्तमा राखिएको छ।
उनले बिभिन्न ब्यक्तिहरूसँग जग्गा व्यवसाय गर्छु भनि करोडौँ रुपैयाँ लिएको र उक्त रकम तिर्नुपर्छ भनेर अपहरणको नाटक गरेको प्रहरीलाई बताएका छन्।
रेग्मीले अपहरणमा नपरे पनि प्रहरीलाई अनावश्यक हैरानी दिई राज्यको स्रोत र साधनको समेत दुरूपयोग भएकाले अभद्र व्यवहारमा मुद्दा चलाउन प्रक्रिया अगाडि बढाएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।