काठमाडाैं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काक्रापार आणविक शक्ति केन्द्रका वैज्ञानिकहरुलाई बधाइ दिएका छन् । काक्रापार आणविक केन्द्रको पूर्णरुपमा सञ्चालनमा आएपछि मोदीले वैज्ञानीकहरुलाई बधाइ दिएका हुन् ।
मोदीले ट्टिट गर्दै भनेका छन्, काक्रापार आणविक केन्द्र ३ को गम्भिर समस्या हल गर्न सफल भएकोमा होम्रा वैज्ञानिकहरुलाई बधाइ छ । यो भारतलाई चम्काउने उदाहरिणय केन्द्र हो ।
काक्रापार आणविक केन्द्र ३ र ४ भारतको ठूलो प्रेसराइज्ड वाटर रिएक्टर आणविक केन्द्र हो । गुजरातमा अवस्थित यो केन्द्रको कार्य सन् २०१० देखि थालिएको थियो । सन् २०१८ को सेप्टरदेखि वैज्ञानिकहरुले यसको क्रिटिकलीटीमा काम गरिरहेका थिए । अहिले त्यो प्रकृया सफलताका साथ सम्पन्न भएको हो ।
आणविक केन्द्रमा न्युक्लियर रिएक्सन राम्रोसँग काम गरिरहेको अवस्थालाई फिजिसिस्टहरुले क्रिटिकलीटीको अवस्था भन्ने गर्छन् ।
Congratulations to our nuclear scientists for achieving criticality of Kakrapar Atomic Power Plant-3! This indigenously designed 700 MWe KAPP-3 reactor is a shining example of Make in India. And a trailblazer for many such future achievements!
— Narendra Modi (@narendramodi) July 22, 2020
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।