आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

लकडाउन हट्यो, उद्योग वाणिज्य महासंघको साधारणसभा नरोकिने

लकडाउन हट्यो, उद्योग वाणिज्य महासंघको साधारणसभा नरोकिने

  • मिडिया डबली
  • मंगलवार, श्रावण ६ २०७७

  • 6.4K
    SHARES

  • लकडाउन हट्यो, उद्योग वाणिज्य महासंघको साधारणसभा नरोकिने

    काठमाडौं- नेपाल सरकारले आज मध्यरातिदेखि लकडाउन हटाएको छ । मन्त्रिपरिषदको बैठकको जानकारी दिँदै सञ्चार मन्त्री डा।युवराज खतिवडाले सरकारले गएको चैत ११ गतेदेखि लगाएको लकडाउन आजै मध्यरातिदेखि पूर्ण रुपमा हटाएको जानकारी दिए । 

    सो निर्णयअनुसार निजी सवारी साधनहरुमा लगाइएको जोरबिजोर प्रणाली पनि अब भोलिदेखि हटाइएको छ । जसअनुसार भोलिदेखि सबै सवारी साधन चल्नेछन् । 

    यसैगरी सरकारले यही साउन १५ गतेदेखि सबै होटलहरु पनि खुला गर्ने निर्णय यसअघि नै गरिसकेको छ । त्यस्तै लामो दुरीका सवारीसाधनका साथै आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरु पनि सोही दिनदेखि गर्ने निर्णय पनि सरकारले गरिसकेको छ । 

    यसरी अब सबैतिर खुला भएपछि नेपाल उद्योग वाणिज्य महासंघको ५४ औँ साधारणसभा पनि सुचारु हुने भएको बताइएको छ । यही साउन २६ र २७ गते सो साधारण सभा काठमाडौँमा हुने तयारी भइरहेको छ ।

    लकडाउन जारी नै रहेको र कोरोना भाइरसका संक्रमितहरु पनि बढ्नसक्ने भन्दै सो साधारणसभा नहुने हो कि भन्ने आशंका नेपालका उद्योगी, व्यवसायीहरुमा थियो ।

    महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले पनि आज ट्वीट गर्दै कोरोनाजन्य लकडाउनका कारण पूर्व निर्धारित समयमै साधारणसभा सम्पन्न गर्न चुनौतीहरु बढ्दै गएको बताएका थिए ।
     
    तर आज साँझ सरकारले लकडाउन पूर्ण रुपमा हटेको र होटल रेष्टुरेन्टहरु पनि साउन १५ गतेदेखि निर्वाध रुपमा सञ्चालन गर्न दिने निर्णय गरेपछि भने साधारण सभा निर्धारित समयमै हुने नेपाल उद्योग वाणिज्य महासंघका नेता तथा प्रतिनिधिहरुले जनाएका छन् । 

    साधारणसभाको तयारी अन्तिम चरणमा पुगेको उक्त महासंघले जनाएको छ । आगामी हप्ता उम्मेदवारी दर्ताको कार्यतालिका छ । 
    आगामी साधारण सभामा चन्द्रप्रसाद ढकाल र किसोर प्रधानले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन् । उनीहरुले आआफ्नो प्यानल पनि घोषणा गरेर निर्वाचनको प्रचार थालिसकेका छन् । 

    देशैभरि व्यवसायिक नेटवर्क रहेको साथै नेपालका एकजना चर्चित सफल युवा उद्योगी भएकोले ढकालको पक्षमा मुलुकका बहुसंख्यक उद्योगी व्यवसायीहरुको ठूलो जनमत रहेको महासंघका प्रतिनिधिहरु बताउँछन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, श्रावण ६ २०७७०९:३६:२४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend