आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कोरोनाविरूद्ध लड्न युराेपले खडा गर्याे ७ सय ५० अर्बकाे काेष, नेपालमा के छ ?

कोरोनाविरूद्ध लड्न युराेपले खडा गर्याे ७ सय ५० अर्बकाे काेष, नेपालमा के छ ?

  • मिडिया डबली
  • मंगलवार, श्रावण ६ २०७७

  • 5.4K
    SHARES

  • कोरोनाविरूद्ध लड्न युराेपले खडा गर्याे  ७ सय ५० अर्बकाे काेष, नेपालमा के छ ?

    युरोपेली आयोगले कोरोना भाइरसविरुद्ध लड्नका लागि करिब ७ सय ५० अर्ब युरो बराबरको कोष खडा गरेको छ । प्रमुख युरोपेली मूलुकका नेताहरु बीचको धेरै दिनको वार्तापछि कोरोना भाइरस रिकभरी प्याकेजलाई लिएर सम्झौता भएको हो ।


    कोरोना भाइरसले पुगेको आर्थिक नोक्सानीबाट सामान्य अवस्थामा फर्किनको लागि युरोपका २८ वटा देशको संगठनले यो रकम अनुदान र कर्जा दिने भएको हो ।

    यस सम्मेलनका अध्यक्ष, चार्ल्स मिशेलले भनेका छन् , ‘यो युरोपको लागि महत्वपूर्ण क्षण हो। यस वार्तालापमा कोरोना भाइरसबाट प्रभावित देशहरू र कमजोर अर्थतन्त्र भएका युरोपियन देशहरूबीचको सम्बन्ध विग्रिएको पनि देखिएको जनाइएको छ।’

    समाचार एजेन्सी एएफपीले सम्झौतामा संलग्न कागजातका अनुसार यस सम्झौताको केन्द्रमा ३ सय ९० अर्ब युरो अनुदान दिने छ । जहाँ महामारीले सबैभन्दा बढी प्रभावित पारिएको छ ।

    यससँगै, युरोपेली युनियनको आगामी सात बर्षको बजेटमा पनि एउटा सम्झौता भएको छ, जुन १.१ ट्रिलियन युरो हुनेछ। गत शुक्रवार शुरू भएको उक्त सम्मेलनले ९० घण्टाको कुराकानी भएको थियो । एजेन्सी ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, श्रावण ६ २०७७०६:३२:३२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend