आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

रुखले छहारी दिए जस्तै कांग्रेसले गर्छ :  रामहरि खतिवडा

रुखले छहारी दिए जस्तै कांग्रेसले गर्छ :  रामहरि खतिवडा

  • मिडिया डबली
  • मंगलवार, श्रावण ६ २०७७

  • 6.1K
    SHARES

  • रुखले छहारी दिए जस्तै कांग्रेसले गर्छ :  रामहरि खतिवडा

    काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले कांग्रेस पार्टीले सवैको हितमा काम गर्ने बताएका छन् । 
    वीपी कोइरालाको ३८औँ स्मृति दिवसका अवसरमा नेपाल तरुण दल भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ९ कार्यसमितिले मंगलबार नलिन्चोकको सरकारी जंगलमा आयोजना गरेको वृक्षारोपण कार्यक्रममा प्रमुख आतिथ्यतामा सम्बोधन गर्दै खतिवडाले यस्तो भनेका हुन् ।

    नेता खतिवडाले वीपी कोइरालाले देश र राष्ट्रियताप्रति देखाएको योगदानलाई सबैले सम्झिरहनु पर्ने बताएका छन् । ‘दुईतिहाइको कम्युनिस्ट सरकारले फेरि जनतामाथि हिजोका दिनमा पञ्चायतले गरेको भन्दा पनि निर्मम प्रहार गर्न थालेको छ’, खतिवडाले भने, ‘बहुदलीय व्यवस्था र संसदीय व्यवस्थामा फेरि आक्रमण शुरु भएको छ ।’ उनले भने ।

    ‘यसको प्रतिरोध गर्नका लािग पनि आज हामीले वृक्षारोपणबाट हाम्रो कार्यक्रम गरेका छौँ’, उनले भने, ‘यो रुखले कसैलाई छायाँ दिनका लागि नजात भन्छ, नधर्म भन्छ, नवर्ग भन्छ नसम्प्रदाय भन्छ’, खतिवडाले भने, ‘रुखले धनी र गरिव पनि भन्दैन । पशुपन्छी भन्दैन । भेदभाव नगरी सबैलाई छहारी प्रदान गरेको छ ।’

    ‘कांग्रेसले पनि कसैलाई भेदभाव नगरी छहारी प्रदान गर्दछ’, खतिवडाले भनेका छन्, ‘देशमा दुईतिहाइ नजिक पुगेको कम्युनिस्ट सरकार आफ्नो पार्टीको व्यवस्थापन गर्न नसकेर मुलुक ध्वस्त पार्न लागेको बेलामा पार्टी व्यवस्थापन गर्न नसक्ने सरकारले देशको व्यवस्थापन गर्न सक्दैन ।’ नेता खतिवडाले भने ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, श्रावण ६ २०७७०६:०४:५५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend