आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कोशीले खतराको तह पार गर्यो, ५६ मध्ये ४६ ढोका खुल्दा विहिबार त्रास 

कोशीले खतराको तह पार गर्यो, ५६ मध्ये ४६ ढोका खुल्दा विहिबार त्रास 

  • मिडिया डबली
  • मंगलवार, श्रावण ६ २०७७

  • 3.9K
    SHARES

  • कोशीले खतराको तह पार गर्यो, ५६ मध्ये ४६ ढोका खुल्दा विहिबार त्रास 

    सुनसरी – सप्तकोशी नदीमा आएको बाढीले खतराको तह पार गरेको कोशी कन्ट्रोल रुमले जनाएको छ। मंगलबार बिहान ६ बजेको मापनअनुसार पानीको बहाव प्रतिसेकेन्ड ३ लाख ३४ हजार ९ सय ९० क्युसेक रहेको कन्ट्रोल रुमले जनाएको हो। उक्त बहाव यो वर्षकै उच्च हो।

    त्यहाँ ड्युटीमा खटिएका नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक कुलबहादुर खत्रीका अनुसार पानीको बहाव बढेपछि ५६ वटा ढोकामध्ये ४६ वटा ढोका खोलिएका छन्।

    कोशी नदी तटका बासिन्दालाई नदी आसपास नजान गए रातिदेखि नै सूचित गरिएको छ। सोमबार राति १ बजेको मापन अनुसार २ लाख ९१ हजार क्युसेक प्रतिसेकेन्ड पानीको बहाव रहेको थियो। राति १२स्२१ बजेको मापनमा २ लाख ८४ हजार क्युसेक प्रतिसेकेन्ड मापन गरिएको थियो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, श्रावण ६ २०७७०९:५३:०९

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend