काठमाडौं–सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक आजको लागि बोलाइएको छ। पटकपटक स्थगित हुँदै आएको बैठक आज (मंगलबार) बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो।
१० असारबाट सुरु भएको नेकपा स्थायी कमिटी बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले दुबै पदबाट राजीनामा दिनुपर्ने माग चर्को रुपमा उठेको छ।
आफ्नै राजीनामाको माग बैठकको मुख्य एजेण्डा बनेपछि ओलीले बैठकलाई पर धकेल्दै लगेका छन्। जसको कारण बैठक पटकपटक स्थगित हुँदै आएको छ।
स्थायी कमिटी बैठक रोकेर ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पटकपटक एक्लाएक्लै छलफल गरे पनि सहमति जुट्न सकेको छैन। प्रचण्डले पनि प्रधानमन्त्री ओलीसहित आफू निकटका नेताहरुसँग छलफल तीब्र बनाएका छन्।
तर, ओलीको कार्यशैलीबाट असन्तुष्ट प्रचण्ड(माधव नेपाल पक्षमा पनि ठोस सहमति जुटेको छैन। प्रधानमन्त्री ओलीले भने कुनै पनि हालतमा आफूले दुबै पद नछाड्ने अडान लिँदै आएका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।