सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

कोरोनाविरुद्धको खोपमा सफलता, बेलायतले १० करोड डाेजको अर्डर गर्याे

कोरोनाविरुद्धको खोपमा सफलता, बेलायतले १० करोड डाेजको अर्डर गर्याे

  • मिडिया डबली
  • सोमवार, श्रावण ५ २०७७

  • 4.0K
    SHARES

  • कोरोनाविरुद्धको खोपमा सफलता, बेलायतले १० करोड डाेजको अर्डर गर्याे

    एजेन्सी - कोरोना भाइरसविरुद्धको खोपको विकासमा अक्सफोर्ड विश्वविद्यालयले थप सफलता पाएको छ ।१ हजार ७७ जनामा गरिएको खोपको परीक्षणमा उनीहरुको शरीरले भाइरसविरुद्ध लड्ने एन्टीबडी (antibodies) र टी–सेल (T-cell) निर्माण गरेको पाइएको हो ।

    यद्यपी खाेप पूर्ण सुरक्षित छ या छैन् भनेर थप परीक्षण भइरहेकाे  । यसका लागि ठूलो संख्यामा परीक्षण जारी रहेको छ । यसबीच बेलायतले भने खोपको १० करोड डोज अर्डर गरिसकेको छ ।

    सीएचएडीओएक्सव१ एनकोभ–१९ (ChAdOx1 nCoV-19) नाम दिइएको खोपलाई निकै तीव्र गतिमा निर्माण गरिदैछ । यसलाई चिम्पान्जीलाई रुघाखोकी लाग्ने भाइरसलाई जेनेटिकल्ली इन्जिनियर गरेर तयार गरिएको हो । मानिसलाई संक्रमण नहोस् भनेर र कोरोनाभाइरस जस्तो बनाउन यसमा थुप्रै परिवर्तनहरु गरिएका छन् ।

     एन्टीबडी भनेको हाम्रो शरीरको प्रतिरोधात्मक व्यवस्थाले निर्माण गरेको भाइरसको सतहमा टासिने स–साना प्रोटिन हुन् जसले कोरोनाभाइरसलाई निष्क्रिय बनाइदिन्छ ।  टी–सेल्स भनेको एक प्रकारको ह्वाइट ब्लड सेल हो । यसले हाम्रो शरीरको प्रतिरोधी क्षमतालाई शरीरको कुन कोषमा भाइरसको संक्रमण भएको छ भनेर पहिचान गर्न मद्दत गर्छ र त्यसलाई नष्ट गर्न सहयोग पुर्याउँछ । सबै प्रभावकारी खोपमा एन्टीबडी र टी–सेल हुन्छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, श्रावण ५ २०७७१०:०८:२०

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend