सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

भदौ १ देखि आन्तरिक र अन्तरराष्ट्रिय उडान खुल्ने, वायुसेवा निगमसँग छैन जहाज !

भदौ १ देखि आन्तरिक र अन्तरराष्ट्रिय उडान खुल्ने, वायुसेवा निगमसँग छैन जहाज !

  • मिडिया डबली
  • सोमवार, श्रावण ५ २०७७

  • 5.6K
    SHARES

  • भदौ १ देखि आन्तरिक र अन्तरराष्ट्रिय उडान खुल्ने, वायुसेवा निगमसँग छैन जहाज !

    काठमाडौं - सरकारले आगामी भदौ १ गतेदेखि आन्तरिक तथा अन्तरराष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले भदौ १ बाट उडान खोल्ने निर्णय गरेको हो ।

     यद्यपी आन्तरिक उडानका लागि वायुसेवा निगमसँग भने जहाज छैन्, अन्य कम्पनीहरुका जहाजहरुले मात्रै आन्तरिक उडान भर्ने छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका अनुसार उडान सम्बन्धी आवश्यक तयारी तथा प्रोटोकल(कार्यविधि) भने मन्त्रालयले तयार पार्नेछ।  


    कोरोनाको जोखिम बढ्ने देखेपछि सरकारले गत चैतदेखि सबै आन्तरिक तथा अन्तरराष्ट्रिय उडान बन्द गरेको थियो। आवश्यक तयारी गरेर उडान शुरु गर्ने निर्णय भएसँगै लामो समयदेखि बन्द भएको हवाई यातायात समेत खुल्ला हुने भएको छ। 

     नेपाल वायुसेवा निगमले साउन १५ बाट चिनियाँ जहाज नचलाउने निर्णय गरेसँगै आन्तरिक बजार हिस्सा कटौती हुने भएको हो। चिनियाँ जहाजले वार्षीक ५० करोड घाटामात्रै हुन थालेपछि निगमले नउडाउने घोषण गरेको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, श्रावण ५ २०७७०९:४३:०६

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend