आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

युएईले पठायाे मंगल ग्रहका लागि अन्तरिक्षयान

युएईले पठायाे मंगल ग्रहका लागि अन्तरिक्षयान

  • मिडिया डबली
  • सोमवार, श्रावण ५ २०७७

  • 5.7K
    SHARES

  • युएईले पठायाे मंगल ग्रहका लागि अन्तरिक्षयान

    एजेन्सी- अरब देशबाट पहिलो पटक अन्तरिक्षका लागि यान प्रक्षेपण भएको छ । अरब इतिहासमै युनाइटेड अरब इमेरिट्सले 
     दक्षिण जापानको तानेगाशिमा अन्तरिक्ष केन्द्रबाट मंगल ग्रहका लागि यान प्रक्षेपण गरिएको हो।

     मंगल ग्रहको वायुमण्डिलिय एवं मौसमी अवस्था र त्यहाँ उडिरहने धुलोको अध्ययन गर्नका लागि युएईले यान पठाएको हो । होप नाम दिइएको यान आउँदो सन् २०२१ को फेब्रररीमा मंगल ग्रहमा पुग्ने छ। यो यानले २२ हजार किलोमिटर वरबाट मंगल ग्रहको परिक्रमा गर्ने छ। मंगल ग्रहमा युगौं पहिला अस्तित्वमा रहेको खोला, नाला एवं समुन्द्रहरु कसरी नष्ट भए भन्ने कुराको अध्ययन गर्ने होप मिशनको लक्ष्य रहेको छ। यसबाहेक यो मिशन सफल भयो भने अरब देशकै पहिलो नयाँ इतिहास रचिनेछ।

    सन् २०१४ देखि ८ वर्षको कठिन मेहनतपछि युएईले यान प्रक्षेपण गरेको हो। मंगल ग्रह प्रत्येक २६ महिनामा पृथ्वीको निकै नजिक आउने गर्छ। त्यसै मौकालाई हेरेर युएईले अहिले यान प्रक्षेपण गरेको हो। यसै महिना अमेरिका र चीनले पनि मंगल ग्रहमा आफ्नो यान पठाउने भएका छन्। पहिलो पटक तीन देशहरुले सँगै मंगल ग्रहमा लागि यान प्रक्षेपण गर्न लागेका हुन्।

    युएईको मिसनले आउँदो फेब्रररीसम्म आकासको कराडौं किलोमिटर दुरी पार गर्नु पर्ने छ र त्यसपछि पनि त्यहाँ पुगेर सहि किसिमले काम गर्नसक्नु पर्नेछ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, श्रावण ५ २०७७०८:४९:४८

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend