काठमाडौं- सिन्धुपाल्चोकको चीन सीमा खासा क्षेत्रमा रहेको केरुङ च्छो हिमताल फुट्ने सम्भावना देखिएको छ । अविरल वर्षाका कारण केरुङ च्छो हिमताल फुट्ने खतरा रहेको भन्दै भोटेकोशी आसपासका बासिन्दालाई सुरक्षित स्थानतर्फ जान सुचित गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले भोटेकोशी आसपासका बासिन्दालाई सुरक्षित स्थानतर्फ जान सूचित गरेको हो ।
सोमबार प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जारी गरेको सूचनामा ‘मित्रराष्ट चीनको खासा क्षेत्रमा रहेको ‘केरुङ च्छो’ नामको पोखरीमा अविरल वर्षाका कारण पानी भरिन गई फुट्न सक्ने सम्भावना रहेको र न्यालम क्षेत्रमा अत्यधिक वर्षा भइरहेको भनी मित्रराष्ट्र चीनको समकक्षीहरुबाट दोभाषेमार्फत जानकारी प्राीत भएको’ जनाएको छ।
जलवायु परिवर्तनका कारण पनि नेपालका धेरै हिमतालहरुमा जोखिम बढ्न सक्ने पछिल्ला अध्ययनहरुले देखाउँदै आएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।