सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

नेविसङ्घद्वारा त्रिविको उपकुलपति कार्यालयमा तालाबन्दी

नेविसङ्घद्वारा त्रिविको उपकुलपति कार्यालयमा तालाबन्दी

  • मिडिया डबली
  • सोमवार, श्रावण ५ २०७७

  • 3.3K
    SHARES

  • नेविसङ्घद्वारा त्रिविको उपकुलपति कार्यालयमा तालाबन्दी
     

    नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले मापदण्डविपरीत विभिन्न नियुक्ति गरिएको भन्दै त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको कार्यालयमा ताला लगाएको छ । विश्वविद्यालयमा भएका नियुक्तिमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का कार्यकर्तालाई प्राथमिकता दिएको आरोप लगाउँदै नेविसङ्घ त्रिवि समितिले आज रजिष्ट्रार र रेक्टरको कार्यालयमा समेत ताला लगाएको हो ।

    सङ्घद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विश्वविद्यालयको व्यवस्थापनभन्दा पनि अमुक पार्टीका कार्यकर्ताको व्यवस्थापन गर्ने गरी हालै नियुक्ति गरिएका विभागीय प्रमुख, क्याम्पस प्रमुख, डिनहरूको नियुक्ति खारेज गरी विश्वविद्यालयको मापदण्डअनुसार नियुक्त नगरेसम्म अनिश्चितकालीन तालाबन्दी गरिएको जानकारी गर्दछौँ ।’ मागसँगै वार्ताका लागि पटक–पटक पहल गर्दा पनि पदाधिकारी तयार नभएपछि आफूहरु तालाबन्दी गर्न बाध्य भएको सङ्घका नेताहरुको भनाइ छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, श्रावण ५ २०७७०७:४४:२९

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend