आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

यसकारण चिनियाँ राष्ट्रपतिको कल्पनालाई वास्तविकताले कुल्चिनेछ !

यसकारण चिनियाँ राष्ट्रपतिको कल्पनालाई वास्तविकताले कुल्चिनेछ !

  • मिडिया डबली
  • सोमवार, श्रावण ५ २०७७

  • 3.2K
    SHARES

  • यसकारण चिनियाँ राष्ट्रपतिको कल्पनालाई वास्तविकताले कुल्चिनेछ !

    काठमाडौँ- चिनियाँ राष्ट्रपति सी जिनपिङ चीनको आजीवन नेतृत्वमा रहने शक्ति आर्जन गरेका छन् । उनले चीनको आजीवन नेतृत्वसँगै विश्वमा शासन गर्ने कल्पना पनि गरेका छन् ।

    त्यसका विभिन्‍न बाछिटाहरु कोरोना महामारीका कारण भारत, भुटान, जापानलगायत छिमेकीमाथि उसले देखाएको व्यवहारले प्रष्ट पारेको छ ।

    चीनले भारतीय भूमिमा आँखा गाडेको नौलो नभए पनि पछिल्लो समय विश्व महामारीको सामना गरिरहेका बेला देखाएको आक्रामक व्यवहार राष्ट्रपति सीको विश्व शक्तिमान बन्‍ने हतारोलाई झल्काउँछ । जसको परिणामस्वरुप चीनले जुन १५ मा भारतको पूर्वी लद्दाखको गलवान भ्यालीमा भारतीय सेनामाथि आक्रमण गर्‍यो ।

    भारतसँगको वार्ताका क्रममा सीमा समस्या वार्तामार्फत समाधान गर्ने सहमति गरेको ९ दिनपछि गलवानमा भारतीय भूमिमा पसेर भारतीय सेनामाथि आक्रमण गरेको हो ।

    बोली व्यवहारमा फरकपन देखाउने चीनको विश्वसनीयतामाथि प्रश्‍न उठेको अवस्था छ । उक्त आक्रमणमा भारततर्फका २० जना सैनिक मारिएका थिए भने चीनले आफ्नोतर्फ मारिएका सेनाको विवरण भने सार्वजनिक गरेन ।

    उक्त हिंसात्मक आक्रमणपछि दुबै मुलुकका विदेश मन्त्री, उच्च सुरक्षा अधिकारी र सैन्य अधिकारीबीच वार्ताहरु भएका छन् । वार्ताका क्रममा दुबै मुलुकले संवादमार्फत नै समस्या समाधान गर्ने सहमति गरेका छन् ।

    यहीबीचमा गत साता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लद्दाखको लेह पुगे र सेनाको हौसला बढाउनुका साथै सेनालाई सम्बोधन गरे । उनले चलाखीपूर्वक चीनको नाम नलिएर चीनलाई गतिलो झापड दिएका छन् । उनले भने, "अब विस्तारवादको युग समाप्त भइसकेको छ ।

    यो समय भनेको विकासको समय हो ।" भारतीय प्रधानमन्त्री मोदीको उक्त अभिव्यक्ति चीनको टाउको दुखाइ विषय बनेको छ । अहिले चीनले भारतीय सीमा क्षेत्रमा बढाएको सैन्य उपस्थितिलाई ब्याक गरेको छ ।

    भारतीय एक लेखकले भनेका छन्, "हामी दार्शनिक, वैचारिक र संवैधानिकरुपमा आफ्नो देखिएको सीमाको रक्षाका लागि कटिबद्धमात्र छैनौं, भारतको नक्सामा भएको भूमि भारतलाई फिर्ला ल्याउनसमेत तत्पर छौं । स्वतन्त्रताका ७० वर्षमा हामीले भारतबाहेकको कसैको भूमि एक इन्‍च पनि लिएका छैनौं ।"

    प्रधानमन्त्री मोदीको स्ट्याण्ड र विश्वव्यापी आलोचनाका कारण चीनको कल्पनाको संसारलाई वास्तविकताले कुल्चिदिएको छ र आगामी दिनमा चीन थप दबाबमा पर्ने देखिन्छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, श्रावण ५ २०७७०५:४४:१०

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend