काठमाडौं– नेपाली कांंग्रेसको खेलकुद विभागले आफ्ना सदस्यलाई सोमबार जिम्मेवारी पत्र दिएको छ ।
पार्टी मुख्यालय सानेपामा आयोजित कार्यक्रममा विभाग सदस्यलाई विभाग प्रमुख मोहनबहादुर बस्नेतले जिम्मेवारी पत्र दिएका हुन् ।
सभापति शेरबहादुर देउवाको निर्देशनमा पूर्वसञ्चार मन्त्रीसमेत रहेका खेलकुद विभाग प्रमुख बस्नेतले २५ जनालाई विभागको पदाधिकारी र सदस्यका रूपमा समेटेर विभाग विस्तार गरेका थिए ।
चार महिनाअघि सभापति देउवाले विभागको सदस्यसचिवमा कांग्रेस युवा नेता एवम् राष्ट्रिय खेलकुद परिषद्का पूर्वकोषाध्यक्ष मीनकृष्ण महर्जन र उपप्रमुखमा मोहनबहादुर राईलाई मनोनित गरेका थिए ।
खेलकुद विभागले द्रुत गतिमा आफ्नो गतिविधि गर्दै जाने विभाग प्रमुख बस्नेतले बताए । विभागले नयाँ बानेश्वरमा सम्पर्क कार्यालय स्थापना गरी गतिविधि गरिहरेको छ ।
विभागमा मणिभुषण यादव बारा, उपेन्द्र यादव सिराहा, दीपकराज गुरुङ काठमाडौंं, विजेन्द्र हमाल बाँके, शोभितराज प्रसाईं मोरङ, किशोर राई सुनसरी, लनम चौधरी झापा, जितबहादुर केसी दाङ, पंकज नेम्वाङ झापा, कृष्ण शर्मा बर्दिया, प्रतिमा शाही डोटी, पूर्णसिंह बोहरा डोटी, उद्वव खड्का काठमाडौं, उमेश खड्का भक्तपुर, राजु कँडेल नुवाकोट, देवकुमार मानन्धर स्याङ्जा, भानु चन्द कञ्चनपुर, कुवेरप्रकाश सिंह कैलाली, सिंहबहादुर तामाङ दोलखा, टपेन्द्र धर्नाल सिन्धुपाल्चोक, बखतबहादुर शाही हुम्ला, डम्बरबहादुर खड्का इलामा र शिव आचार्य रुकुम सदस्यका रूपमा मनोनित भएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।