सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

सिन्धुलीमा १५ बर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा नेकपा नेता प्रकाउ

सिन्धुलीमा १५ बर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा नेकपा नेता प्रकाउ

  • मिडिया डबली
  • सोमवार, श्रावण ५ २०७७

  • 8.8K
    SHARES

  • सिन्धुलीमा १५ बर्षिया बालिकालाई  बलात्कार गरेको आरोपमा नेकपा नेता प्रकाउ
    सांकेतिक तस्बिर

    सिन्धुली– सिन्धुलीमा १५ बर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा नेकपा नेता पक्राउ परेका छन्।

    गोलन्जोर गाँउपालिका–७ नेकपाका वडा कमिटिका सचिब ४५ बर्षिय बिदुरप्रसाद देवकोटालाई बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले आइतबार राति पक्राउ गरेको हो।

    देवकोटा माथि सोही ठाँउकी १५ बर्षिया बालिकालाई बलात्कार गरेको अरोप छ। बालिकाका आफन्तले आईतबार दिएपछि प क्राउ गरी जिल्ला प्रहरी कार्यालयलाई बुझाएको इलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ ।

    बालिकाका आफन्तले आइतबार नै इलाका प्रहरी कार्यालय खुर्कोटमा उजुरी दर्ता गराएका थिए । देवकोटाले बालिकालाई २०७६ माघ महिनामा बलात्कार गरेको खुलेको छ।

    बालिकाले पेट दुख्यो भनेपछि आफन्तले शनिवार सुनकोशी मेडिकलमा जाँच गर्न ल्याएका थिए । स्वास्थ्य परिक्षणका क्रममा उनी गर्भवती भएको खुलेपछि बलात्कृत भएको घट्ना बाहिर आएको हो ।

    बलात्किृत बालिकाले घाँस काट्न जान नदिइ जबर्जस्ती बलात्कार गरेको प्रहरी समक्ष बयानमा बताएकि छिन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, श्रावण ५ २०७७०१:५३:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend