आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images
डबली अनुसन्धान

को हुन् सामाजिक सञ्जालमा भाइरल बनेको यो जोडी ? यस्तो छ नालीबेली

को हुन् सामाजिक सञ्जालमा भाइरल बनेको यो जोडी ? यस्तो छ नालीबेली

  • मिडिया डबली
  • सोमवार, श्रावण ५ २०७७

  • 49.8K
    SHARES

  • को हुन् सामाजिक सञ्जालमा भाइरल बनेको यो जोडी ? यस्तो छ नालीबेली
    तस्बिर : सामाजिक सन्जाल

    काठमाडौँ- सामाजिक  सञ्जालमा पछिल्लो समय चर्चामा (भाईरल) बनेको यो तस्वीरको यथार्थ खुलेको छ ।

    सामाजिक  सञ्जालमा सो तस्वीर भाइरल बन्नुको एउटा कारण सरकारी नम्बरको मोटर साईकल अनि पछाडि बसेकी युवतीले लगाएको पहिरन नै हो।

    यदि सो मोटरसाईकल सरकारी नम्बरको हुदैन थियो र ति युवती यात्रा गरिरहेकी थिईन भने यो प्रश्न पनि सायद उठ्ने थिएन ।

    तर यी दुवैजना पछिल्लो समय सामाजिक संञ्जालको चर्चामा आए । सरकारी कर्मचारीले लगाउने ड्रेस र उनिहरुले प्रयोग गर्ने सरकारी सवारी साधनको प्रयोगका पनि आफनै नियम छन् ।  जसको विषयमा सामाजिक संञ्जालमा चर्चा हुनु आफैमा स्वाभाविक हो ।

    को थिए त उनिहरु ?

    यातायात ब्यावस्था विभागका अनुसार प्रदेश–३–०२–००१ब–१४१२ नम्बरको मोटर साईकल धादिङको गल्छि गाउँपालिका को हो ।

    गाँउपालीकाले अत्यावश्यक सामाग्री ओसार पसार( स्टोर) प्रयोजनका लागी सो मोटरसाईकल प्रयोग गदै आएको छ । सरकारी मोटरसाईकलमा सवार युवती र चालक युवा दुवै सरकारी कर्मचारी नै हुन् ।

    उनिहरू दुवै जना भर्खरै सरकारी सेवामा गरेको र चितोल ( सरकारी कर्मचारीको लागि दिईने संकेत नम्बर ) भर्न धादिङबाट काठमाडौं आएको खुलेको छ । सरकारी नम्बरको मोटरसाईकल चालक प्रताप बराल गल्छी गाँउपालिकामा कार्यरत ईन्जिनियर हुन् ।

    उक्त मोटरसाईकलमा सवार युवती पनि सोहि गाँउपालीकामा कार्यरत सव–इन्जिनियर सविता शाही हुन् । उनिहरू दुवैजना गाउँपालिकाबाट स्विकृती लिएर नै काठमाडौं स्थीत निजामती किताब खानामा सरकारी संकेत नम्बर लिन आएका थिए ।

    गल्छी गाँउपालीकाका प्रसाशकीय प्रमुख मोहन कुमार श्रेष्ठले दुवैजना गल्छि गाउँपालिका कर्मचारी भएको बताए । श्रेष्ठका अनुसार उनिहरू सरकारी सेवामा प्रवेश गरेपछि लिनुपर्ने सरकारी संकेत नम्बर लिन काठमाडौं आएका हुन् ।

    सरकारी सेवामा प्रवेश पछि कर्मचारीका लागि चितोल अर्थात सरकारी संकेत नम्बर आवस्यब पर्छ । श्रेष्ठले भने दुवै जना गाँउपालीकामा कार्यरत इन्जीनियर भएको बताए ।

    श्रष्ठले मिडिया डबलीसंग  भने “ सरकारी मोटर साईकल पनि गल्छी गाँउपालीकाकै स्वामित्वमा छ । मोटरसाईकलमा सवार कर्मचारीले लगाएको कपडाको विषयमा प्रश्न उठेको छ । यसका आफनै मर्यादा पनि छन् । यस विषयमा सत्य तथ्य बुझ्ने काम भैरहेको छ । त्यसपछि हामी कारवाहिको प्रक्रिया अगाडी बढाउँदै छौ ।” 

    यस्तो छ कानुनी ब्यावस्था

    सरकारी सवारी साधन सञ्चालन तथा प्रयोग सम्बन्धि नर्देशिका २०७२ मा सरकारीरी कर्मचारीले सवारी साधन सम्बन्धी निर्देशिका जारी गरिएको छ ।

    जस अनुसार राजपत्राङ्कित विशिष्ट श्रेणी तथा प्रथभ श्रेणीका कर्मचारीले सरकारी सवारी साधनको उपयोग गर्न पाउने ब्यावस्था छ ।

    सरकारी सवारी साधन प्रयोगकर्ताले सरकारी सम्पतिको उचित संरक्षण गदै मितब्ययी रुपमा सरकारी सवारी साधन प्रयोग गर्नु पर्छ ।

    साथै आफुले प्रयोग गरेको सवारी साधनको उचित प्रयोग र त्यसको जवाफदेहिता स्वयं सवारी चालककै हुने उल्लेख गरिएको छ ।

    जस अनुसार सरकारी नम्बर प्लेटको सवारी चालक र सवार दुवै सरकारी कर्मचारी नै भएको र उनिहरुले लगाएको कपडाको मर्यादा बारे कारवाहि स्वरुप सचेत गराउने वा कारवाहि नै हुने भन्ने विषयमा गाँउपालीकामा छलफल भैरकेको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले बताए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, श्रावण ५ २०७७११:३७:१०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend