काठमाडौं- अबका तीन दिन देशभर देशभर भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूवार्नुमान महाशाखाले जनाएको छ । शनिबार रातिदेखि नै इरहेको वर्षा न्यून चापीय रेखा नेपाल नजिकै आएसँगै केहि दिन वर्षा जारी रहने महाशाखाले जनाएको हो ।
हाल पनि काठमाडौं उपत्यकासहित प्रदेश २ का कतिपय स्थानमा भारी वर्षासमेत भइरहेको छ । शनिबार रातिदेखि नै देशका प्रायः स्थानमा निरन्तर वर्षा भइरहेको छ।
लगातार तीन दिनको भारी वर्षाका कारण बाढी पहिरोको जोखिम हुन सक्ने भन्दै महाशाखाले सचेत रहन आग्रह गरेको छ । यस विषयमा जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलगायत निकायले केही दिनअघि नै सूचना जारी गरेर सचेत गराइसकेका छन्।
मौसम पूर्वानुमान महाशाखाले सोमबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। प्रदेश १, २, ५, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र सुदूरपश्चिम र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भने भारी (ठूलो) वर्षा हुने सम्भावना छ।
यसैगरी राति पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा जारी रहनेछ भने भारी वर्षा अझ बढी ठाउँमा हुने बुलेटिनमा उल्लेख छ। राति प्रदेश १,२,५, बागमती, गण्डकी र सुदूरपश्चिमका समेत केही स्थानमा भारी वर्षाको सम्भावना छ भने कर्णाली प्रदेशका एक वा दुई स्थानमा पनि भारी वर्षा हुने सम्भावना छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।