म्याग्दी - नेपाली कांग्रेस म्याग्दीले धारापानी र बिमका बाढीपहिरो पीडितलाई खाद्यान्न सहयोग गरेको छ । बाढीपहिरोबाट विस्थापित धवलागिरी गाउँपालिका–७ धारापानी र मालिका गाउँपालिका– ६ बिमका १ सय ९४ घरपरिवारलाई खाद्यान्न सहयोग गरेको हो ।
बिममा १ लाख ६० हजार बराबरको चामल, दाल, नुन लगायतका खाद्यान्न सहयोग गरेको म्याग्दी कांग्रेसका सचिव क्याप्टन मीनबहादुर कार्कीले जानकारी दिएका छन् । म्याग्दी कांग्रेसका सभापति खमबहादुर गर्बुजा ‘खम्बीर’ नेतृत्वको टोलीले बिमका ६० घरपरिवारलाई खाद्यान्न सहयोग गरेको छ ।
कांग्रेस महासमिति सदस्य चिरञ्जीवी शर्मा, क्षेत्र ‘ख’का उपसभापति मेखबहादुर पुन, सचिव श्रीराम पौडेल लगायतको टोलीले बिम पीडित परिवार सहयोग गरेको छ ।
धवलागिरी गाउँपालिका– ७, धारापानीका १३४ घरपरिवारलाई २ लाख ७५ हजार बराबारको खाद्यान्न सहयोग गरेको क्षेत्र ‘ख’का सभापति कमल छन्त्यालले जानकारी दिए । गत असार २५ गते आएको पहिरोले ती परिवारहरु विस्थापित भएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।