हेटौंडा -बागमती प्रदेशसभाले प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आइतबार सर्वसम्मत पारित भएको छ । आन्तरिक मामिला मन्त्री शालिकराम जम्कटेलले प्रदेश मामिला समितिको प्रतिवेदनसहितको प्रदेश सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश गरेका थिए।
विधेयकमा बागमती प्रदेश मामिला समितिले लामो छलफल पछि प्रतिवेदन तयार गरेको हो। प्रतिवेदन अनुसार समितिमा मन्त्रालयबाट आएको विधेयकमा २४ बुँदामा संशोधन भएको थियो।
अब बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिन सक्नेछ। विधेयकको बुँदा नम्बर दुई अन्तर्गत दफा ७ को उपदफा ६ मा भनिएको छ, ‘जिल्ला भित्र शान्ति सुरक्षा कायम गर्न मन्त्रालयले सम्बन्धित जिल्लाको प्रदेश प्रहरी परिचालन गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिन सक्नेछ। र, परिचालन गरेको अवस्थामा प्रजिअको प्रत्यक्ष निगरानीमा प्रदेश प्रहरीले काम गर्नुपर्दछ।’
यस्तै बागमती प्रदेश प्रहरीको छुट्टै लोगो हुनेछ। विधेयकको दफा ९ को उपदफा २ अनुसार ‘बागमती प्रदेश प्रहरीको लागि दज्र्यानी चिन्ह र प्रदेश प्रहरीको चिन्ह९लोगो०’ भनेर उल्लेख गरिएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।