आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

नेपाललाई हिन्दूराष्ट्र घोषणा गरिनुपर्छ : पूर्वमन्त्री शङ्कर भण्डारी

नेपाललाई हिन्दूराष्ट्र घोषणा गरिनुपर्छ : पूर्वमन्त्री शङ्कर भण्डारी

  • मिडिया डबली
  • आइतवार, श्रावण ४ २०७७

  • 6.3K
    SHARES

  • नेपाललाई हिन्दूराष्ट्र घोषणा गरिनुपर्छ :  पूर्वमन्त्री शङ्कर भण्डारी

    काठमाडौं -नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शङ्कर भण्डारीले नेपाललाई हिन्दूराष्ट्र घोषणा गरिनुपर्ने बताएका छन् । व्यास नरपालिका–१० सिसुवा, भतेरीमा स्थानीय गाईको संरक्षण गर्न निर्माण गर्न लागिएको ट्रस्टको आज शिलान्यास गर्दै उनले नेपालमा अधिकांश हिन्दू जनता भएकाले सनातन हिन्दूराष्ट्रसहितको राष्ट्र घोषणा गर्नुपर्नेमा जोड दिए । 

    धार्मिक भावना घट्दै गएकाले देशमा हत्या, हिंसा, बलात्कारजन्य घटना बढ्दै गएको बताउँदै उनले धर्मले सदाचारी नेता, नैतिकवान् कर्मचारी तथा शान्त समाज निर्माणमा सहयोग पुग्ने हुँदा हिन्दूराष्ट्रको संरक्षण गर्नुपर्ने धारणा राखे । नेपालमा करिब ६० प्रतिशत धार्मिक पर्यटक आउने गरेको र हिन्दूराष्ट्र घोषणा गर्दा यो सङ्ख्या अझ बढ्ने उनको विश्वास छ ।

    विश्वको एकमात्र हिन्दूराष्ट्रभन्दा नेपाल सबै हिन्दूको आस्थाको केन्द्र बनाउनुपर्नेमा जोड दिए । लक्ष्मी पूजालगायतका हाम्रो धर्ममा गाई अनिवार्य आवश्यकपर्ने हुँदा यसको संरक्षणका लागि स्थानीय तहबाटै पहलकदमी गरिनुपर्ने उनको भनाइ थियो । उनले भने, “गौ मातालाई स्वास्थ्य राख्नका लागि  पौष्टिक आहार व्यवस्था गर्नुपर्छ ।”
         

    जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले गौ संरक्षणले फोहर र सवारी दुर्घटनामा न्यूनीकरण आएको बताए । व्यास नगरपालिका–१० का वडाध्यक्ष तुलसीराम सापकोटाले गाईलाई हेलाको दृष्टि हेर्न थालेकाले गाईको महत्वका बारेमा जनचेतना जगाउनु तथा गाईको मूत्र प्रशोधन गरेर औषधि बनाउनुपर्नेमा जोड दिए । 

    भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रको रु पाँच लाखको सहयोगमा ट्रष्ट निर्माण गर्न लागिएको हो । व्यास नगरपालिकाले केन्द्रका लागि रु १२ लाख सहयोग गरेको छ । केन्द्रमा हाल सानाठूला गरी ५० वटा गाई राखिएको छ । केन्द्र सञ्चालनका लागि करिब ३०० रोपनी सार्वजनिक जग्गा भएको वडाले जनाएको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, श्रावण ४ २०७७०९:०८:४७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend