कोरोना भाइरसको माहामारीका कारण इरानको मुद्रा रियाल करिब ५० प्रतिशत अवमूल्यन भएको छ । शनिबार मुद्रा अवमूल्यनले इरानमा नयाँ कीर्तिमान कायम गरेको छ ।
विदेशी मुद्रा विनिमयसम्बन्धी वेवसाइट बोनबास्ट डटकमका अनुसार शुक्रबार एक डलरको मूल्य दुई लाख ४२ हजार तीन सय रियाल पुगेको छ । यो अहिलेसम्मकै उच्च अवमूल्यन हो ।
आर्थिक समाचार पत्र दुनिया ए एक्तेसादका अनुसार शनिबार एक डलरको लागि इरानको अनौपचारिक बजारमा दुई लाख ५२ हजार तीन सय रियाल दिनुपरेको थियो । जबकी शुक्रबार एक डलरको लागि दुई लाख ४१ हजार तीन सय रियाल दिनुपर्ने थियो ।
सन् २०२० मा इरानको मुद्रा करिब ४८ प्रतिशत अवमूल्यनमा परिसकेको छ । तेलको मूल्यमा आएको कमी र विश्वव्यापी अर्थतन्त्रमा देखिएको मन्दीको कारण इरानको अर्थतन्त्र पनि नराम्रोसँग प्रभावित बन्न पुगेको छ । एजेन्सी ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।