काठमाडौं- नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको वार्ता सकिएको छ । प्रधानमन्धी निवास बालुवाटारमा दुई अध्यक्षबीच वार्ता भएको थियो ।
उनीहरुबीच पार्टीमा पछिल्लो समय देखिएको विवाद र गतिरोध अन्त्य गर्नेबारे छलफल भएको बताइएको छ । शनिबार बसेको सचिवालय बैठकमा प्रचण्डले ओलीको राजीनामा नमागेपछि वरिष्ठ नेता नेपाल समूहले केही सहमति भएको हुनसक्ने आशंका गरेको थियो।
आइतबार बिहानै प्रचण्डले वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत स्थायी कमिटीका १४ जना प्रभावशाली नेतासँग ओली र आफुबीच कुनै पनि सहमति नभएको प्रष्टीकरण दिएका थिए ।
त्यसपछि प्रचण्ड अपरान्ह ओलीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए। नेकपाको स्थायी कमिटी बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।