आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

मेड इन चाइनाले डुबायो- बार्षीक ५० करोढ घाटा, अब नचलाउने घोषणा

मेड इन चाइनाले डुबायो- बार्षीक ५० करोढ घाटा, अब नचलाउने घोषणा

  • मिडिया डबली
  • आइतवार, श्रावण ४ २०७७

  • 5.4K
    SHARES

  • मेड इन चाइनाले डुबायो-  बार्षीक ५० करोढ घाटा, अब नचलाउने घोषणा

    काठमाडौं- चीनबाट ल्याएका दुई जहाज नेपाल एयरलाइन्सले नउडाउने घोषणा गरेको छ । जहाजबाट कम्पनीले कुनै पनि व्यवसायिक लाभ लिन नसकेको निष्कर्ष निकाल्दै अब सरकारले जस्तो शर्त राखे पनि साउन १५ बाट जहाज उडाउन नसक्ने निर्णय गरेको हो ।

    चीनबाट २ वटा जहाज अनुदान र ४ वटा जहाज सहुलियतपूर्ण ऋण सहायतामा यी जहाज नेपाल आएका हुन् । त्यसमध्ये १७ सीट क्षमताका ४ वटा वाइ-१२ ई र ५६ सीट क्षमताका एमए-६० दुई वटा जहाज कम्पनीसँग रहेका छन् ।जहाजको बिक्रीपछिको सेवा उपलब्ध भएको छैन् भने चीनबाहेक अन्य मुलुकमा जहाज मर्मत केन्द्र समते छैन् ।

    नेपाल एयरलाइन्सले निकालेको हिसावअनुसार ६ वटा चिनियाँ जहाजलाई संचालनको स्वामित्व लिँदा मात्र पनि वाषिर्क ५० करोड रुपैयाँ खर्च हुने गरेको छ । तर, यसले कम्पनीलाई कमाएर फिर्ता दिन सकेको छैन ।यी जहाज नेपाल सरकारको स्वामित्वमा रहेका कारण आफैं व्यवस्थापन गर्न नेपाल एयरलाइन्सले सुझाव दिएको छ ।

    ६ वटा चिनियाँ जहाजमध्ये अहिले कम्पनीसँग उडानयोग्य अवस्थामा एउटा मात्र छ । ४ वटा जहाज विभिन्न समस्याका कारण ग्राउण्डेड छन् ।यी जहाज किन्दा ६ अर्ब रुपैयाँ लगानी भएको थियो भने थप २ अर्ब घाटा भएको एयरलाइन्सले बताएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, श्रावण ४ २०७७०७:४१:३०

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend