बर्दिया- शनिबारमात्रै बर्दियाको ठाकुरबाबा नगरपालिकामा स्वास्थ्यकर्मी, सुरक्षाकर्र्मी, कर्मचारी गरी १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्यकर्र्मी, सुरक्षाकर्मी र कर्मचारीमा कोरोना देखिएसँगै कोरोना सङ्क्रमण समुदायमा फैलिएको आशङ्का भएको छ।
सङ्क्रमण देखिएकामध्ये स्वास्थ्यकर्मी र सुरक्षाकर्र्मी क्वारेन्टिन व्यवस्थापनमा खटिएका थिए । उनीहरुको पिसिआर परीक्षण गर्दा पोजेटिभ देखिएको हो । सङ्क्रमितको कन्ट्रयाक्ट ट्रेसिङ गर्दा झण्डै सम्पर्कमा रहेकाको १०० जनाको पिसिआर परीक्षण गर्नुपर्ने देखिएको छ ।
नगरपालिका क्षेत्रमा खटिएका १० जनालाई कोरोना सङ्क्रमण पुष्टि भएपछि नगरपालिका कार्यालय र नौवटै वडा कार्यालयबाट हुने आकस्मिकबाहेक सबै सेवा तीन दिनका लागि बन्द गर्ने निर्णय भएको छ ।
यस्तै नगरपालिकामा हुने सबै किसिमका सभा, बैठक, भेला, गोष्ठी अर्को सूचना नआउँदासम्मका लागि स्थगित गरेको नगरप्रमुख घननारायण श्रेष्ठले जानकारी दिए। अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन, बजार क्षेत्रमा ननिस्कन तथा निस्कनै परे अनिवार्य मास्क लगाउन र भौतिक दूरी कायम राख्न नगरपालिकाले अह्वान गरेको बताएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।