काठमाडौं - सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुले पार्टीका अर्का अध्यक्ष ओलीसँग कुनै पनि सहमति नगरेको बताएका छन् । प्रचण्डले स्थायी कमिटीका आफूनिकट नेताहरुलाई ओलीसँग कुनै सहमति नगरेको भन्दै विश्वास दिन खोजेका हुन् ।
शनिबार नेकपाका वरिष्ठ नेता माधव नेपालले ओली र प्रचण्डबीच सहमति भएमा आफु देशव्यापी आन्दोलनमा जाने बताएका थिए ।
यसै क्रममा आइतबार विहान उनले सचिवालयका शीर्ष नेताहरुदेखि स्थायी कमिटीका प्रभावशाली नेताहरुसँग अनौपचारिक छलफल गरी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुनैपनि सहमति नगरेको प्रष्टिकरण दिएका हुन्। नेताहरूका बीचमा भ्रमले पैदा गरेकाे खैलाबैला खुमलटारमा प्रचण्डले स्पष्टिकरण दिँदै अन्त्य गरिदिएका छन् ।
प्रचण्ड निवास खुमलटारमा वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र १४ जना स्थायी कमिटी सदस्यहरुसँग सामूहिक छलफल गरेको स्रोतले बताएको छ ।
सो अवसरमा प्रचण्डले ओलीसँग एक्लाएक्लै भएका भेटबारे समेत खुलस्त कुरा राखेका थिए। असार १८ गतेको स्थायी कमिटी बैठक रोकेर ओली प्रचण्डबीच कम्तिमा सातपटक एक्लाएक्लै भेट भएको थियो।
शनिबार बसेको सचिवालय बैठकमा ओली र प्रचण्डबीच गोप्य सहमति भएको आशंका गरेका वरिष्ठ नेता नेपाल लगायतलाई प्रचण्डले विश्वस्त पार्न खुमलटार बोलाएका हुन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।