काठमाडौँ- नेपाली काँग्रेसले सहमहामन्त्री डा.प्रकाश शरण महतको संयोजकत्वमा गठन गरेको (कोभिड-१९) अनुगमन समिति द्वारा आइतबार अन्नपुर्ण मिडिया नेटवर्कका प्रकाशक रामेश्वर थापासंग अन्नपुर्ण पोष्टको कार्यालयमा समितिका संयोजक डा.महत नेतृत्वको टोलीले छलफल गरेको छ ।
कोभिड- १९ का कारण संचार गृहहरुमा परेको प्रभाव र समाचार संकलनमा अग्रपंतिमा रहेको काम गरिरहेका पत्रकारहरुको सेवा सुबिधा,समस्या र रोजगार गुमाउन बाध्य पारिएका सम्बन्धमा यथार्थ के हो भन्ने लगाएतका बिषयमा छलफल भएको हो ।
अनुगमन समितिका संयोजक डा. महतले सरकार, संचारगृह र पत्रकारहरु समेतले महामारीको विषयको परिस्थितिमा सामुहिक दायित्व बहन गर्नुपर्ने र पत्रकार र संचार गृहको समस्या सामाधानको लागि सरकार गम्भिर हुनुपर्ने बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।