काठमाडौं– ‘सहमति केही पनि भएको छैन, साथीहरू वीचको सल्लाहबिना केही हुँदा पनि हुँदैन, तथाकथित सहमतिका नाममा अहिले बाहिर आएका सबै कुरा यसअघि अघिल्लो महिना भयो भनिएको पाँच बुँदे सहमतिजस्तै अर्को फण्डा हो ! यसबाट कोही,कत्ति पनि तरङ्गित नहुनुहोला !’
हिजो राती शीतलनिवासबाट निस्केपछि नेकपा अध्यक्ष प्रचण्डले अरु नेतालाई यसरी आश्वस्त तुल्याएका छन्।
‘के गर्दा ठीक होला भन्नेमा प्रधानमन्त्रीले आफ्नोतर्फबाट प्रस्ताव राख्नुभएको छ,यो सहमति भैसकेको बिषय होइन,उहाँको प्रस्ताव मात्रै हो,प्रस्तावलाई सहमति भनी प्रचार गरिनुको तुक छैन अनि यस्ता प्रोपोगन्डाबाट तरङ्ग्गित हुने पनि काम छैन’,उनको भनाइ छ। प्रचण्डले थप यो पनि भनेका छन्–कम्तिमा उहाँ छलफलमा आउन त तयार हुनुभयो! यो चाहिँ सकारात्मक पक्ष हो,अब उहाँका प्रस्तावलगायत बिबिध विकल्पउपर बहश शुरु हुन्छ र बल्ल निश्कर्षमा पुगिन्छ! हामी दुई जना मात्र बसेर कुरा टुङ्गिन्छ भन्ने कसैलाई नलागोस् !
हिजोको बैठक सकेर प्रधानमन्त्री निस्कएको,आफू थप छलफलका निम्ति ओलीको निवासतिर गएको तर निवासमा नभेटिएपछि फोन गर्दा म शीतल निवास आएँ,तपाईं पनि यतै आउनोस् भनी बोलाइएकोले गएको तर बाहिर होहल्ला गरिए झैं त्यहाँ पनि कुनै सहमति नभएकोस उनको स्पस्टोक्ति छ !
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।