सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

ओलीलीको ठोकुवा ५ वर्ष प्रधानमन्त्री नै हुन्छु, अध्यक्षबारे यस्तो भने

ओलीलीको ठोकुवा ५ वर्ष प्रधानमन्त्री नै हुन्छु, अध्यक्षबारे यस्तो भने

  • मिडिया डबली
  • शनिवार, श्रावण ३ २०७७

  • 6.8K
    SHARES

  • ओलीलीको ठोकुवा ५ वर्ष प्रधानमन्त्री नै हुन्छु, अध्यक्षबारे यस्तो भने

    काठमाडौं- प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष पद छोड्ने प्रस्ताव अघि सारेका छन् । शनिबार बालुवाटारमा भएको पार्टीको सचिवालय बैठकमा ओलीले मंसिरमा महाधिवेशन गराएर अध्यक्षबाट हट्न चाहेको कुरा गरेका हुन् ।

    प्रधानमन्त्रीले चाँडै महाधिवेशन गरेर आफुले पार्टी अध्यक्षको जिम्मेवारी हस्तान्तरण गर्न चाहेको बैठकमा बताएका हुन् । यस बाहेक ओलीले प्रधानमन्त्री चाहिँ पाँच वर्ष नै आफैं रहने बैठकमा घोषणा पनि गरे।

    ‘महाधिवेशन गरेपछि पार्टी अध्यक्षबाट हट्छु, सरकार चाहिँ पाँच वर्ष नै चलाउँछु’, ओलीको भनाइ उधृत गर्दै स्रोतले बताएको छ ।

    अर्का एक जना सचिवालय सदस्यका अनुसार ओलीको प्रस्तावमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खासै प्रतिक्रिया जनाएनन्। यसलाई वरिष्ठ नेता माधवकुमार नेपालले चाहिँ दुई जना अध्यक्ष मिलेको प्रमाणजस्तो माने र, आफुले बोल्ने क्रममा उनले दुई अध्यक्षबीच मात्र होइन प्याकेजमा सहमति हुनु पर्ने बताए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण ३ २०७७१०:०८:५९

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend