काठमाडौं - शनिबार भएको सचिवालयको बैठकमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ढले अर्का अध्यक्ष एवं प्रधानमन्त्री ओलीको राजनीनामाको कुरा उठाएनन् ।
बैठक सकिएपछि ओली र प्रचण्ड दुवै अध्यक्षद्धय राष्ट्रपतिलाई भेट्न शितल निवास गएका थिए । यी संकेतले ओली प्रचण्ड मिल्न सक्ने सिग्नल पाएपछि नेकपाका वरिष्ट नेता माधव कुमार नेपालले अर्काे बाटो रोज्ने बताएका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले नेकपामा देखिएको अहिलेको विवादलाई दुई अध्यक्षबीच सहमति गरेर पार्टी सञ्चालन गर्न खोजे त्यसविरुद्ध देशव्यापी अभियान चलाउने बताएका हुन् ।
नेता नेपालले सचिवालय बैठकमा नै दुई अध्यक्षमात्रै मिल्दा समस्या समाधान हुन्छ भन्ने ठाने त्यो ठूलो भूल हुन्छ भनेका छन् । ‘फेरि पनि दुई अध्यक्ष मिल्ना साथ समस्याको समाधान भइहाल्छ भनेर ठान्नुभएको भए त्यो भूल हुनेछ। हामीले उठाउँदै आएको विषय भनेको पार्टी र सरकारलाई विधि र प्रक्रियाबाट चलाउँ भन्ने हो। सहमति गर्ने हो भने त्यस प्याकेजमा पार्टी र सरकार कसरी सञ्चालन हुन्छ भन्ने विषय पनि ल्याउनु होस,’ बैठकमा नेपाललले राखेको भनाई उद्धृत गर्दै एक नेताले भने, ‘दुई अध्यक्ष मिलेर मात्रै हुँदैन। पार्टी र सरकारलाई कुन विधिबाट चल्ने त्यो तय गर्नु महत्वपूर्ण कुरा हो। प्याकेजमा सहमति गर्नु भएन भने देशव्यापी अभियान शुरु गर्छु।’
बैठकमा नेता नेपालले अहिले पार्टीमा अहिले देखिएको समस्या दुई अध्यक्षको व्यवस्थापनको समस्या नभएको बताए । ‘मंसिरमा महाधिवेशन गर्ने कुरा गर्नु भएको छ। यति चाँडो महाधिवेशन कसरी हुन्छ ? नेतृत्व परिवर्तनका लागि मात्रै महाधिवशेन गर्दै पर्दैन। अन्य विधि पनि छ,’ नेपालको भनाइ उद्धृत गर्दै ती नेताले भने।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको महाधिवेशन मंसिरमा गर्ने प्रस्ताव गरेका थिए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।