पर्वत- श्रीमती र छोराको बन्चरो प्रहारबाट एक जना गम्भीर घाइते भएका छन्। कुस्मा नगरपालिका ९ कटुवाचौपारीको मलामी डाँडास्थित पानी ट्याङ्की नजिकैका अन्दाजी ५५र६० वर्षीय विष्णु सुनारकी श्रीमती बिजुला र उनका अन्दाजी १४र१५ वर्षीय छोरा सचिन सुनारले बन्चरो प्रहार गरेका हुन् ।
विष्णुका बुबा छविलालले बुहारी र नाति मिलेर मेरो छोरो मारे बचाउ भन्दै गुहार मागेपछि उद्धार गरिएको कटुवाचौपारीका वडाध्यक्ष कृष्णप्रसाद लामिछाने बताएका छन् ।
घाइते भएको ठाउँमा रक्ताम्य छ। तत्कालै २ जना प्रहरी आएपछि एम्बुलेन्समा हालेर उपचारका लागि सदरमुकाम पठाइएको अध्यक्ष लामिछानेलेब ताएका छन् ।
वडाध्यक्ष लामिछानेका अनुसार विष्णुमाथि आक्रमण गरेकी श्रीमती बिजुला र छोरा पनि सामान्य घाइते भएका कारण घटनामा संलग्न तीनै जना घाइतेलाई एउटै एम्बुलेन्समा राखेर पर्वत अस्पतालमा लगिएको छ। घटनामा संलग्न ३ जना नै अस्पतालमा भर्ना भएको र अहिले उनीहरूको उपचारको काम भइरहेकोले घटना किन र कसरी भयो भन्नेबारे केही पनि नखुलेको बताए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।