काठमाडाैं - नेकपाको सचिवालय बैठक सकिएलगत्तै अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन्।
दुई अध्यक्षसँगै पार्टी महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जर्नादन शर्मा पनि सचिवालय बैठक सकेर शितल निवास पुगेकाे स्राेतले जनाएकाे छ । पार्टीको सचिवालय बैठक सकिएलगत्तै दुई अध्यक्षसहित ४ जना शितलनिवास पुगेका हुन्।
पार्टीमा सिर्जित विवादबारे चार घण्टा लामो बैठकमा भएको छलफलपछि नेताहरु राष्ट्रपति भेट्न जानुलाई अर्थपूर्णरुपमा लिइएको छ। नेकपाकाे सचिवालय बैठकमा कुनै सहमति भएकाे छैन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।